काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना रियल सोसियडाडसँग पराजित भएको छ ।
गएराती सम्पन्न खेलमा रियल सोसियडाडले बार्सिलोनालाई २(१ गोल अन्तरले पराजित गरेको हो । रियल सोसियडाडको जितमा मिकेल ओयारजाबाल र गोन्कालो गुएडेजले एक एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि एक गोल मार्कस राशफोर्डले गरेका थिए ।
यस खेलमा खेलको ८८औं मिनेटमा कार्लोस सोलेरले रातो कार्ड पाउदा रियल सोसियडाड १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि रियल सोसियडाडको २० खेलमा २४ अंक भएको छ र लिगमा आठौ स्थानमा उक्लिएको छ । त्यस्तै बार्सिलोनाको भने २० खेलमा ४९ अंक भएको छ । यस हारले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडसँगको अंक दूरी एक मात्र रहेको छ । रियल म्याड्रिडको २० खेलमा ४८ अंक रहेको छ ।

FACEBOOK COMMENTS