काठमाडौँ । बार्सिलोनाका मिडफिल्डर पेड्री घाइते भएपछि एक महिनाका लागि मैदान बाहिर भएका छन् ।
बार्सिलोनाले पेड्री दाहिने ह्यामस्ट्रिङको चोटका कारण करिब एक महिना खेल्न नसक्ने जानकारी दिएको छ । उनी गएराती च्याम्पियन्स लिग अन्तर्गतको स्लाभिया प्रागविरुद्धको खेलमा घाइते भएका थिए ।
२३ बर्षिय पेड्रीको इन्जुरीले बार्सिलोनालाई ठुलो धक्का लागेको छ । बार्सिलोना हाल ला लिगामा शिर्ष स्थानमा रहेपनि रियल म्याड्रिडसँगको अंक दूरी एक मात्र रहेकाले दबाबमा रहेको छ । ला लिगामा बार्सिलोनाले अर्को खेल जनवरी २५ मा ओभीएडोविरुद्ध खेल्ने तालिका रहेको छ ।
FACEBOOK COMMENTS