काठमाडौं, नेपाल । भारतको सबैभन्दा ठूलो इक्विपमेन्ट म्यानुफ्याक्चरर बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कूलरहरू सार्वजनिक गरेको छ।
कार्यक्रम १७ मार्च २०२५, सोमबारका दिन काठमाडौंको भिवान्ता होटलमा आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख व्यापार साझेदार, सञ्चारकर्मीहरू र वितरण सञ्जालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा उत्पादित वस्तुहरूको अनावरण सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले संयुक्त रूपमा गरेका थिए।
बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले नेपालमा सार्वजनिक गरिएका उत्पादनहरूको विशेषता र भविष्यमा थप नयाँ उत्पादनहरू नेपालमा प्रस्तुत गर्ने योजनाबारे जानकारी गराए।
बर्लीका उत्पादनहरू उपयोगमा सरल, सुलभ मूल्यमा उपलब्ध र ग्राहकहरूका लागि उच्च मूल्य प्रदान गर्ने ख्याति प्राप्त छन्। कम्पनीले नेपाली बजारमा प्रवेशसँगै सीजी इलेक्ट्रोनिक्सलाई आफ्नो आधिकारिक एकमात्र वितरकको रूपमा नियुक्त गरेको छ। यो सहकार्यले उच्च गुणस्तर, किफायती मूल्य र उपयोगमैत्री समाधानहरू नेपाली ग्राहकको पहुँचमा पुर्याउने लक्ष्य राखेको छ। आगामी दिनहरूमा यो सहकार्य थप विस्तार र सुदृढ हुने अपेक्षा गरिएको छ।
यो कार्यक्रम बर्लीको गुणस्तर, नवीनता र नेपाल बजारप्रतिको प्रतिबद्धतालाई झल्काउने गरी सम्पन्न भएको छ।
FACEBOOK COMMENTS