काठमाडौं । नयाँ सत्ता गठबन्धनको अर्थमन्त्री माओवादीका वर्षमान पुन ‘अनन्त’ र गगृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बन्ने भएका छन् ।
यस्तै माओवादीबाटै नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बन्ने भएका छन् । यसअघि उनी गृहमन्त्री थिए । यसैगरी, एमालेबाट रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्दैछन् ।
यस्तै, रास्वपाका डीपी अर्याल श्रम मन्त्री, सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्ता श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन् । डीपी अर्यालले मन्त्रीको सपथ ग्रहण गरिसकेका छन् । एक वर्षअघि पनि उनी श्रममन्त्री बनेका थिए ।
FACEBOOK COMMENTS