काठमाडौं । पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित भएका छन् ।
गए राति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरे। नेम्वाङले ३२ हजार एक सय १०।मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।
उनी विसं २०७४ मा पनि आङदेम्बेलाई हराउँदै प्रतिनिधिसभा सदस्य बनेका थिए। विसं २०१८ चैत ८ गते पाँचथरको फिदिममा जन्मिएका उनी पछिल्लोपटक २०७६ मा करिब १८ महिना भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत बनेका थिए।
प्रदेशसभा ९१० गठबन्धनका साझा उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का कमलप्रसाद जवेगू विजयी भएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई छ सय ३३ मतान्तरले हराउँदै जवेगू प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले १६ हजार आठ सय ३७ मत प्राप्त गर्दा भण्डारीले १६ हजार दुई सय चार मत प्राप्त गरे
प्रदेशसभा ९२०बाट सत्ता गठबन्धनकै तर्फबाट नेकपा ९माओवादी केन्द्र०का इन्द्रबहादुर आङवो विजयी भइसकेका छन् ।
FACEBOOK COMMENTS