काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड र बतास एमएडब्ल्यू कमर्सियल भेहिकल्स प्राइभेट लिमिटेडबीच वित्तीय सहकार्यलाई थप सुदृढ बनाउन सम्झौतामा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता अनुसार रिलायन्स फाइनान्सले ग्राहकहरूलाई बतास एमएडब्ल्यू कमर्सियल भेहिकल्स खरिदका लागि आवश्यक वित्तीय सेवा तथा कर्जा सुविधा प्रदान गर्नेछ ।
यो सम्झौताको मुख्य उद्देश्य देशभरका ग्राहकहरूलाई सहज र सुविधाजनक वित्तीय सेवा उपलब्ध गराउनु हो । दुवै संस्थाको यो सहकार्यले मोटर उद्योगमा वित्तीय पहुँचलाई सजिलो बनाउने र ग्राहकहरूको सुविधा वृद्धि गर्ने विश्वास लिइएको छ ।
सम्झौतापत्रमा रिलायन्स फाइनान्स लिमिटेडका तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य र बतास एमएडब्ल्यू कमर्सियल भेहिकल्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।
हाल रिलायन्स फाइनान्स लिमिटेडले काठमाडौंको कमलादीस्थित आफ्नो मुख्य कार्यालयसहित अन्य २१ वटा शाखा कार्यालयमार्फत आफ्ना ग्राहकहरूलाई सहज तथा सर्वसुलभ तरिकाले विभिन्न शीर्षकहरूमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागू गरी आकर्षक ब्याज प्रदान गर्दै निक्षेप संकलन गर्दै आएको छ ।
FACEBOOK COMMENTS