काठमाडौं । नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लुले वृक्षारापण कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार बतास एमएडब्लुको पहिलो वार्षिकोत्सवको अवसरमा कम्पनीले नक्साल स्थित नारायण चौरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
वातावरणीय दिगोपन र कर्पोरेट सामाजिक उत्तरदायित्वको लागि निरन्तर प्रतिबद्धताको रूपमा नक्साल स्थित नारायण चौरमा वृक्षारोपण गरेको कम्पनीले बताएको छ ।
वृक्षारोपण कार्यक्रममा सम्पूर्ण कर्मचारीहरू, सरोकारवालाहरू र समुदायका सदस्यहरूको सहभागीता रहेको थियो ।
जलवायु परिवर्तनलाई न्यूनीकरण गर्नु, हावाको गुणस्तर सुधार गर्न र जैविक विविधता बढाउन रुखहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।
‘कार्यक्रममा सहभागीहरूले रुख रोप्ने, वनीकरणको महत्बारे जान्न र वातावरण संरक्षण सम्बन्धी अन्तरक्रियात्मक जनचेतनामुलक कार्यक्रममा संलग्न हुने अवसर पाए ।’ कार्यकारी निर्देशक दिपक अग्रवालले भने, ‘वृक्षारोपण कार्यक्रममा भाग लिएर सँगै, हामी वातावरणमा सकारात्मक प्रभाव पार्न सक्छौं र पृथ्विमा हरियालीका लागि दिगो भविष्य सिर्जना गर्न सक्छौं ।’
विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमा आत्यधिक ग्राहकहरुले रुचाइएको ब्रान्ड आइशर बतास एमएडब्लुले आधिकारिक रूपमा नेपालमा बिक्रि गर्दै आईरहेको छ ।
आइशर बिश्व भर ७० भन्दा बढी देशहरूमा फैलिएको छ । आइशरले भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउदै आइरहेको छ ।
साथै हालसालै भएको बतास र एमएडब्लू बीचको एकताले व्यवसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखाहरु, ४ डिलर र १६ टच प्वाइन्टका साथ देशैभर व्यवसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ ।
FACEBOOK COMMENTS