काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र वात्सल्य नेचुरल आई.भि.एफ. प्रा.लि. बीच बैंकका कर्मचारी र ग्राहकहरूलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
२०८१ चैत्र १ गते सम्पन्न यो सम्झौताले बैंकमा कार्यरत कर्मचारी र खाता भएका ग्राहकहरूलाई वात्सल्यका विभिन्न अस्पताल र क्लिनिकहरूमा उपचार गर्दा छुटको व्यवस्था गरेको छ।
सम्झौता अनुसार, वात्सल्य नेचुरल आई.भि.एफ. का सेवाहरूमा प्याथोलोजी र औषधि सेवामा ५ देखि १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। त्यस्तै, आई.भि.एफ. प्याकेजमा बैंकका कर्मचारीहरूलाई १५,००० रुपैयाँ र ग्राहकहरूलाई १०,००० रुपैयाँ छुट प्रदान गरिनेछ। सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र वात्सल्यको तर्फबाट डिजिटल तथा मिडिया प्रबन्धक नविन विष्टले हस्ताक्षर गर्नुभएको छ।
यो सम्झौताले नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई काठमाडौंको नक्साल, भक्तपुर, ललितपुर, भरतपुर, नेपालगञ्ज, पोखरा र बुटवलमा रहेका वात्सल्यका अस्पताल र क्लिनिकहरूबाट उच्चस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुनेछ। यसले दुवै संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
FACEBOOK COMMENTS