विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्नो लोकप्रिय रेडमी नोट सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन ‘रेडमी नोट १५’ (Redmi Note 15) नेपाली बजारमा सार्वजनिक गरेको छ ।
आकर्षक डिजाइन र उत्कृष्ट कार्यसम्पादन क्षमता भएको यो फोन ‘टाइटन ड्युराबिलिटी’ अवधारणामा आधारित रहेको र देशभरका आधिकारिक डिलरमार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यो स्मार्टफोनको मुख्य विशेषता यसमा रहेको ६,००० mAh को शक्तिशाली ब्याट्री हो, जसले एकपटकको फुल चार्जमा दुई दिनसम्मको प्रयोग, २४ घण्टा भिडियो प्लेब्याक वा ५० घण्टासम्मको कल सपोर्ट प्रदान गर्दछ ।
३३ वाट टर्बो चार्जिङ सुविधा भएको यस फोनको ब्याट्री २,००० पटकसम्म चार्ज गर्दा पनि ८० प्रतिशतभन्दा बढी क्षमता कायम रहने गरी डिजाइन गरिएको छ, जसले ६ वर्षभन्दा बढीको भरपर्दो प्रयोग सुनिश्चित गर्छ ।
फोटोग्राफीका लागि यसमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, ३ गुणा अप्टिकल टेलिफोटो क्यामेरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । फोनमा ‘एआई इरेज’, ‘एआई ब्युटिफाई’ र ‘गुगल जेमिनाई’ (Google Gemini) जस्ता स्मार्ट एआई फिचरहरू समावेश छन् । ६.७७ इन्चको एमोलेड (AMOLED) डिस्प्ले रहेको यो फोनमा १.८ मिटर उचाइबाट खस्दा पनि सुरक्षित रहने अल्ट्रा-ड्युरेबल ग्लास प्रयोग गरिएको छ ।

मिडियाटेक हेलियो जी१००-अल्ट्रा (MediaTek Helio G100-Ultra) चिपसेटद्वारा सञ्चालित यो फोन विभिन्न चार रङहरूमा उपलब्ध छ । मूल्यको हकमा, ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको रु. २९,९९९ र ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको रु. ३५,९९९ तोकिएको छ । यो फोन नेपालमा टेलिडाइरेक्ट प्रा. लि. र वत्सम् इम्पेक्स प्रा. लि. मार्फत खरिद गर्न सकिनेछ ।


FACEBOOK COMMENTS