काठमाडौं । गत बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘बाटुलो जून’ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ ।
वितरक करण श्रेष्ठ क्रेजीका अनुसार ४ दिनमा चलचित्रले ५ करोड २८ लाख माथिको व्यापार गरेको छ ।
‘चलचित्रले पहिलो दिन १ करोड ५३ लाख, दोस्रो दिन १ करोड २० लाख, तेस्रो दिन १ करोड २७ लाख र चौथो दिन १ करोड २८ लाखको व्यापार गरेको छ,’ करणले भने, ‘आजको फाइनल रिपोर्ट आउन चाहिँ बाँकी छ ।’
हलहरुबाट प्राप्त बक्स अफिस रिपोर्टहरु संकलन गरेर निर्मातालाई आफूले पठाएको तथ्यांक यही रहेको करणले बताए ।
‘चलचित्र विकास बोर्डको तथ्यांकसँग मिल्छ त ?’ भन्ने प्रश्नमा करणले भने, ‘हलबाट बोर्डलाई जाने डेल्ली कलेक्सन रिपोर्ट(डीसीआर)नै हामीलाई आउने हो । पछि बोर्डले सार्वजनिक गर्ने रिपोर्ट पनि यही नै हो ।’

अनमोल केसी स्टारर ‘बाटुलो जून’मा प्रिन्सी खतिवडा, भुवन केसी, गरिमा पन्त लगायत कलाकारको पनि मुख्य भूमिका रहेको छ ।
