काठमाडौं । काठमाडौंको बौद्धमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।
बौद्धमा रहेको एक घरको कोठामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
मृत्यु हुनेमा काभ्रे चौरीदेउराली–३ घर भएकी ६५ वर्षीया उर्मिला तामाङ रहेको प्रहरीले जनाएको छ ।
मृतक शारिरिक रुपमा अशक्त रहेको र कोठामा आगलागी भएकाले जलेर मृत्यु भएको प्रहरीको भनाई छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
FACEBOOK COMMENTS