काठमाडौं । नेपाल ब्युटिसियन संघले आज काठमाडौँको माइतीघरमा शान्तिपूर्ण आन्दोलन गरेको छ । आफूहरूले सरकारसँग राखेको माग पुरा नगरेको भन्दै आन्दोलन गर्न बाध्य भएको संघले जनाएको छ ।
संघले सरकारी पदको दुरुपयोग बन्द गर, गृहको कर्मचारीले अनैतिक दबाब दिन मिल्दैन, ट्रेड युनियन अधिकारी जिन्दाबाद भन्ने प्लेकाड सहित शान्तिपूर्ण आन्दोलन गरेको थियो ।
गृह मन्त्रालय,अध्यागमन विभागमा कार्यरत बन्दना कर्णले फेसीयल हाउसकी सञ्चालक सुष्मा महरालाई फसाउने नियतले प्रहरीलाई दबाब दिँदै आएको भन्दै अनुसन्धान गर्न संघले माग गर्दै आएको छ ।
फेसियल हाउसका सञ्चालक सुष्मा महराले हामी फरक पार्टीको छौँ होला तर अहिले यो विषयमा हामी श्रमिक रहेको बताएकी छिन् ।
उनले भनिन्, ‘कर्णले सार्वजनिक स्थानमा अपाच्य शब्द प्रयोग गर्नुभएको थियो । मलाई उहाँले फसाउन खोजेको हो । नेपालभरिको ब्युटिसियनले अनैतिक कार्य गर्छ भन्नु गल्त हो । मलाई प्रकाउ पुर्जी जारी गरेको छ भनेको छ २ गते म ३ गते त गृहमन्त्रालय गएको थिए । मलाई प्रकाउ पुर्जी जारी गरिसकेको भए त म त्यही दिन नै प्रकाउ पर्नु पर्ने हो त । राज्यले हामीलाई अनैतिक काम गर्ने नै व्यवसाय गर्न दिनु भएको त हैन हामीले यस्तो काम गर्ने पनि छैनै गरेका नि छैनै । हाम्रो व्यवसाय सञ्चालनमा ल्याउनपनि डराउनु पर्ने अवस्था छ ।’
महराले हामी श्रमिक हौँ पार्टीगत नभएको बताएकी छिन् ।
नेपाल ब्युटिसियन संघका अध्यक्ष सरिता गौतमले हाम्री गलत भएको हेर्न नसक्ने बताएकी छिन् ।
उनले भनिन्, ‘हाम्रो संघ सम्पूर्ण ब्युटिसियनको हक हितको लागिनै खोलिएको संघ हो त्यसैले हाम्रो कुनै पनि ब्युटिसियनलाई बिना गलति गलत भनेको हेर्न सक्दैनै । ’
नेपाल ब्युटिसियन संघका निवर्तमान अध्यक्ष भगवती खड्काले हाम्रो माग सुनवाइ नभए अदालत जाने बताएकी छिन् ।
उनले भनिन् , ‘कर्णले फेसियल हाउसमा काम गर्ने कर्मचारीलाई अपाच्य शब्द प्रयोग गर्नु भएको थियो । हामीले यसै विषयमा गृह मन्त्रालयलाई पत्रचार पनि गरिसकेका थियौँ तर हाम्रो कुरा सुनवाइ भएन त्यसैले हामी यहाँ सम्म आएको हौँ । हामी गलत छौँ भने कारबाहीको भागेदार हुन तयार छौँ । हामी अपहेलनामा बस्न सक्दैनौँ । सरकारले हाम्रो माग पुरा गर्नु पर्छ । हाम्रो कर्मचारी काम गर्न पनि डराउन थालेका छन् ।’
फेसियल हाउस प्रा.ली.का सञ्चालक सुष्मा महराज्यूलाई विगत केही दिन पहिला निजको काठमाडौँको के.एल.टावर स्थित रहेको फेसीयल हाउसमा सेवा लिन भनी आएकी नेपाल सरकार, गृह मन्त्रालय,अध्यागमन विभागमा कार्यरत रहेको बन्दना कर्णले फेसीयल हाउसमा खुला रुपमा राखिएको सिसिटिभिको हवाला दिई उक्त सिसिटिभीले निजको व्यक्तिगत गोपनीयता माथि आँच आएको भनी महानगरीय प्रहरी वृत्त, गौशालामा उजुरी दिएकोमा प्रहरीबाट सो सम्बन्धमा आवश्यक अनुसन्धान भई उजुरी ब्यहोरा अनुसारको आपराधिक कार्य नभएको देखिएकोले मिति २०८०।०३।२८ मा निज बन्दना कर्ण कै सहमतिमा प्रहरी कार्यालयमा दुई पक्ष बिच आपसी लिखित सहमति भैसकेकोमा पछि सोही विषयलाई लिएर पुनः ब्युटीसियन पेसा माथि आँच आउने गरी झुठा रुपमा आरोपहरु लगाई ब्यूटीपार्लरमा कानुन सम्मत कार्य नभएको भन्ने झुठा प्रचारप्रसार गरी आफू गृह मन्त्रालय मातहतको कर्मचारी भएको नाताले आफ्नो पदिय दुरुपयोग गरी गृह मन्त्रालय, गृह सचिव तथा महानगरीय प्रहरी परिसर, टेकुलाई समेत आफ्नो प्रभावमा पारि एक पल्ट आफूले नै सहमति गरेको विषयमा पनि मुख फेरीकि छिन् ।
कर्णले फेसियल हाउसकी सञ्चालक सुष्मा महरा र फेसियल हाउसलाई बदनाम गर्ने नियतले गरेको उजुरी विरुद्ध उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरी सकेको छ ।
नेपाल ब्युटिसियन संघल यही ५ गते शुक्रबार ब्युटिसियन संघका बर्तमान अध्यक्ष सरिता गौतम, निवर्तमान अध्यक्ष भगवती खड्का र वर्तमान महासचिव शसि शाहको नेतृत्वमा गृहमन्त्री, उद्योगमन्त्री र सभामुखलाई भेटर ज्ञापन पत्र बुझाएको थियो ।
FACEBOOK COMMENTS