पछिल्लो समय मुलुकको बाह्य क्षेत्रका सूचकमा केही सुधार देखिए तापनि आन्तरिक रूपमा भने अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामै छ । उच्च ब्याजदर, उद्योग क्षेत्रमा देखिएको मन्दीका कारण आर्थिक व्यावसायिक गतिविधि पनि सुस्त छन् । यसबाट बीमा व्यवसाय पनि प्रभावित भएको छ ।
बीमा क्षेत्रमा एक पछि अर्को मर्जर भएका छन् । मर्जर सफल हुँदै गर्दा मर्जर पछिको उपलब्धीलाई अझै पनि देख्न सकिएको छैन। त्यसैले मर्जरका लागि मर्जर भन्दा पनि मर्जरबाट ‘सिनर्जी’ ल्याउने कुरा अहिलेको सबैभन्दा चासोको विषय बनेको छ ।
मर्जर लगायत बीमा क्षेत्रका समग्र विषयवस्तुमा केन्द्रित गरेर नेपालको बीमा क्षेत्रमा झण्डै दुई दशक बिताएका सानिमा जिआइसीका प्रमुख कार्यकारी अधिकृत सुघुमन उपाध्यायसंग कर्पोरेट खबरले गरेको कुराकानीको सम्पादीत अंश
हामीले पार्टनर नै खोजनुपर्ने अवस्था चाहि छैन तर हकपद शेयर चाहि ल्याउनु पर्ने अवस्था छ किनभने हामीले सानिमा र जनरल इन्स्योरेन्स कम्पनी जोड्दा २ सय करोडको पुँजी हुन्छ, बीमा प्राधिकरणले तोकेको २ सय ५० करोड भएकाले हामीलाई थप ५० करोड थप पुँजीका लागि हकपद शेयर जारी गर्नुपर्ने हुन्छ। हामीले बीमा प्राधिकरणमा निवेदन दिएका छौँ, अब प्राधिकरणले अनुमति दिनासाथ हकपद शेयर जारी गरेर पुजी वृद्धि गछौँ ।
बीमा बजारमा मर्जर त हुन्छ । अन्तर्राष्ट्रिय बजारको इतिहास हेप्यो भने मर्जर भएका धेरै उदाहरण छन् । नेपालको इतिहासमा हेल्यो भने पहिली पटक मर्जर नहुदा चाहि के हुन्छ, कसो हुन्छ भन्ने चासो थियो । किनभने कुनैपनि कम्पनी बीमा क्षेत्रमा मर्ज भएको देखेको थिएनौ । पहिला पनि दुई चारवटा मर्ज गर्ने कुरा असफल भएको उदाहरण हामी काँहा छ । विविध कारणले असफल भए पनि मर्जर चाहि गाहो हुने रहेछ भनेर डर र त्रास देखियो । तर, त्यस्तो केहि गोही कुरा होइन रहेछ । ठूला–ठूला कम्पनी पनि मर्जर भएका छन् । नेपाल जस्तो सानो मूलुकमा भएका साना लगानीका कम्पनी मर्ज हुनु नौलो कुरा पनि भएन, तर पनि हामीलाई मर्जरपछि या अधि समस्या भने भएन । समयमा नै हामीले मर्जरको प्रकृया पूरा गरेर नेपालको बीमा बजारमा दोस्रो मर्जरका रुपमा काम गर्न सुरु गरेको हो ।
कति भएपुग्छ भन्ने कुरा चाहि फरक कुरा हो । बजारमा धेरै कम्पनी हुदा पनि सबै काम फरकरुपले जाने भन्ने हुदैन । कम्पनीले आफ्नो उपस्थिति कसरी देखाउछ भन्नेमा भर पर्छ । अब थोरै कम्पनी भए भने पनि उसको उपस्थिति कस्तो रहयो भन्नेमा फरक पर्छ। तर जुन हिसावले नेपाली बीमा बजारमा जुन प्रकारको उपस्थिति देखाउनु पर्ने थियो त्यो चरण चाहि नेपाली बीमा कम्पनीले पार गरेकी भन्ने लाग्छ ।
हामीलाई कर्मचारी समायोजनमा खासै समस्या परेन्। किनकि हाम्रा दुईवटा कम्पनी एकदम छोटो इतिहास भएको कम्पनी भयो । त्यसैले पनि कसको के भनेर भन्ने अवस्था नै आएन । हाम्रा कम्पनीहरु सुरु भएको वर्षभन्दा कम र सबै कर्मचारी भर्खर जोडिनु भएकाले पनि समायोजनका सवालमा समस्या भएन् ।
अस्वस्थ प्रतिस्पर्धा त अवश्य नै घट्छ, किनभने कम्पनीहरु मर्जर भएपछि कम्पनीको लागतपनि घट्छ । कम्पनीले सिमित रहेर व्यवसाय गर्छन् ं कम्पनीले व्यवस्थापनदेखि धेरै कुरामा व्यवस्थित रहेर कारोवार गर्नुपर्छ गर्छन्। कहिले काहि कमजोर कमजोर कम्पनी धेरै हुनेबेलामा अस्वस्थ्य प्रतिस्पर्धा हुन्थ्यो । मर्जपछि प्रतिस्पर्धाको लेवल फरक हुन्छ, विषय फरक हुन्छ । तर अस्वास्थ्य प्रतिस्पर्धा नै गरिराख्नुपर्छ जस्तो लाग्दैन ।
आजको दिनमा कम्पनीले हकप्रद शेयर जारी गरेर चुक्ता पूंजी पुयाएका जति नम्बर अफ कम्पनी थिए, त्यति नम्बर अफ कम्पनी नै निरन्तरता गरेको भए जुन प्रतिफल आउथ्यो, त्यो भन्दा अहिले मर्जरको कारणले गर्दा प्रतिफल राम्रो आँउछ । दुईवटा कम्पनी मिल्यो र पुजि बढ्यो र व्यापार पनि बढ्यो ।
निर्जीवन बीमा क्षेत्रमा मन्दी देखिएको त छैन तर सम्ग्रह आर्थिक क्षेत्रमा यति प्रभाव देखिन थालेको छ । त्यसको असर बीमा कम्पनीमा पनि देखिने नै भयो ।
हामी कुन लेवलको आर्थिक अवस्थामा छौ, हाम्रो बजारको अवस्था कस्तो भन्ने कुरा मुख्य कुरा हो। हाम्रो बजारको अवस्था दक्षिण एसियाका अरु देश भन्दा भिन्न प्रकारको छ। एकैचोटि बजार नै उच्च विन्दुमा पुग्छ भन्ने चाहि हुदैन कमिक रुपमा बढ्दै जाने देखिन सक्छ । बजारमा असर नदेखिएको पनि होइन, असर बढ्दै गएको छ । यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ । हामी आशावादी नै छौं ।
शाखा कार्यालय संचालन नभएकाले हामीले आफ्नो शाखा थप गर्न बीमा प्राधिरकणको नियम अनुसार समायोजन गर्न, शाखा तथा उपशाखाका रुपमा संचालन गरि मर्ज गर्दै जाने योजना बनाएका छौं ।
घुम्ति बीमा सेवा दिनको लागि एक खालको पूर्वाधार चाहिन्छ, त्यो उपलब्ध छैन । केहि कम्पनीले घुम्ति बीमा कार्यक्रम सञ्चालन पनि गरेका थिए । तर, त्यो त्यति प्रभावकारी हुन सकेन । हामीले गर्ने भनेको घुम्ति बिमा भनेको तत्कालको तत्काल हुने कुरा पनि होइन । निर्जीवन बीमा क्षेत्रमा भन्दा पनि जीवन बीमा चाहि त्यो अलि प्रभावकारी हुनसक्छ ।
बिमाग क्षेत्रमा बिमा प्राधिकरणले् नयाँ नयाँ नियम ल्याइरहेको छ । त्यसले गर्दा भविष्यमा बीमा बजार अझ फराकिलो भई विस्तार हुन्छ, बीमाको बजार अहिले भन्दापनि बजार विस्तार हुन्छ र अझ प्रभावकारी र गुणस्तरिय सेवा ग्राहकहरुले पाउनुहुन्छ भन्ने लाग्छ ।
FACEBOOK COMMENTS