काठमाडौं । नेपाल बीमा प्राधिकरणले चैत १५ गते काठमाडौं उपत्यकाको विभिन्न स्थानमा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएकाले क्षतिको दाबी भुक्तानी छिटो गर्न निर्देशन दिएको छ ।
हुलदङ्गाका कारण पर्नसक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फछ्र्यौट गर्न निर्जीवन र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको हो ।
हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षति र असहजतालाई ध्यानमा राखी त्यसबाट पर्नसक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फछ्र्यौट गर्न सबै निर्जीवन बीमा र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको जनाएको छ ।
काठमाडौं उपत्यकामा चैत १५ गते भएको हुलदङ्गाका कारणले भएका क्षतिको विवरण एक्सेल स्प्रिडसीट ढाँचामा प्राधिकरणले दिएको गुगल फर्मको लिङ्क मार्फत साप्ताहिकरूपमा प्रत्येक हप्ताको बुधबार पेश गर्न निर्देशन दिएको जनाएको छ ।
FACEBOOK COMMENTS