काठमाडौं । स्वस्तिमा खड्का र निश्चल बस्नेतको निर्माण एवं शीर्ष अभिनय रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट निकालिने घोषणा गरेका छन्।
निर्माता एवं अभिनेता निश्चल बस्नेतले बिहीबारदेखि आफ्नो फिल्म कुनै पनि हलमा नरहने जानकारी दिएका हुन्। ‘भोलिदेखि हाम्रो फिल्म नेपालको सबै हलबाट नलगाउने निर्णय गरेका छौं,’ निश्चलले फेसबुकमा लेखेका छन्।
चाँडै एसएमएस भिडिओ ओटिटी प्लेटफर्ममा रिलिज गरिने पनि उनले जानकारी दिएका छन्। निश्चलले नेपाली फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको भए पनि हलले शो घटाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
FACEBOOK COMMENTS