काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबीसम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि इजलास सञ्चालनमा ल्याएको छ ।
प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा हिजो बिहीबारदेखि इजलास सञ्चालनमा ल्याएको हो ।
प्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरणमा दायर भएका बीमासम्बन्धी उजुरीहरू शीघ्रताका साथ फर्स्योट गर्दै जाने प्रतिबद्धता जनाएअनुसार छुट्टै कक्ष स्थापना गरी इजलास सञ्चालनमा ल्याइएको हो ।
प्राधिकरणका अध्यक्ष ओझाको अध्यक्षतामा प्राधिकरणका सञ्चालक समितिका सदस्यहरू मानबहादुर अर्याल, सन्तोष रिजाल र राधाकुमारी पोखरेलको सहभागितामा हिजो नयाँ कक्षमा इजालास बसेको थियो ।
प्राधिकरणमा एक बीमितले बीमा कम्पनीबाट बीमा दाबी नपाएको भनी दिएको उजुरीमाथि इजलासमा पक्ष तथा विपक्षका कानुन व्यवसायीहरूबाट बहस भएको थियो ।
FACEBOOK COMMENTS