काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी नाइमा नेपाल मोबीलिटी एक्स्पो २०२५ मा विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्डहरू बेनेली र मोर्बिडेली ले आकर्षक अफर र नवीन मोडलहरूको प्रदर्शनमार्फत राइडिङ प्रेमीहरूलाई रोमाञ्चक अनुभव दिलाएका छन् ।
बेनेलीले आफ्नो लोकप्रिय 125cc Panarea स्कुटरमा रु ५० हजारको विशेष छुट र अन्य मोडलहरूमा अधिकतम रु १ लाखसम्मको नगद छुटको घोषणा गरेको छ । यी अफरहरूले ग्राहकको आकर्षण बढाउँदै कम्पनीको स्टलमा भीड निरन्तर बढिरहेको देखिन्छ ।
उता, मोर्बिडेलीले पहिलोपटक नेपाली बजारमा आफ्ना दुई नयाँ एड्भेन्चर मोटरसाइकलहरू – T250X र T352X – सार्वजनिक गरेको छ । विशेष रूपमा साहसिक राइडिङका लागि डिजाइन गरिएका यी मोडलहरूले शक्ति, शैली र टिकाउपनको अद्वितीय संयोजन प्रस्तुत गर्छन् । मोडेलहरूको डिजाइन, ग्राउन्ड क्लियरेन्स र परफर्मेन्सले दर्शक र सम्भावित ग्राहकहरूबाट व्यापक प्रशंसा प्राप्त गरेको छ, जसले नेपाली एड्भेन्चर बाइक बजारमा नयाँ आयाम थप्ने संकेत दिएको छ ।
“हामी नेपाली राइडरहरूको जोश र उत्साहलाई सम्मान गर्छौं। बेनेली र मोर्बिडेलीले नाइमा नेपाल मोबीलिटी एक्स्पो २०२५ मा आफ्नो उत्कृष्ट मोटरसाइकलहरू र विशेष अफरहरू प्रस्तुत गर्न पाउँदा गर्व गर्छौं,” कम्पनीका नेपाल सेल्स तथा मार्केटिङ म्यानेजर नवराज घिमिरेले बताए ।
मोर्बिडेलीको स्टल नं. C5 मा आगन्तुकहरूले निःशुल्क टेस्ट राइडको सुविधा लिन सक्नेछन् । साथै, विशेष छुट र आकर्षक उपहार योजनाले पनि मोटरसाइकलप्रेमीहरूको आकर्षण बढाएको छ ।
बेनेली र मोर्बिडेलीको यो उपस्थिति केवल बिक्रीको मौका मात्र नभई नेपाली मोटरसाइकल संस्कृतिमा नयाँ प्रविधि, शैली र साहसिक अनुभवको नयाँ अध्याय सुरु गर्ने अवसरका रूपमा हेरिएको छ ।
नाइमा मोबिलिटी एक्स्पोमा मोर्बिडेली नेपालले सार्वजनिक गर्यो इटालियन मोटरसाइकल
FACEBOOK COMMENTS