काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानालाई सरकारले निलम्बन गरेको छ । सर्वोत्तम सिमेन्टको सेयर छोरी तथा एकाघरका सदस्यको नाममा खरिद गरेपछि विवादमा तानिएका ढुंगानालाई सरकारले छानबिन गर्न निलम्बन गरेको हो ।
बुधबार बसेको मन्त्रिपरिषदले यो विषयमा छानविन गर्न तीन सदस्यीय छानविन समिति गठन गरेको छ । उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित समितिमा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनककुमार खड्का सदस्य रहेका छन् । समितिले छानबिन गरी प्रतिवेदन पेश गर्नेछ । त्यसको आधारमा सरकारले बाँकी काम अघि बढाउने भएको छ ।
FACEBOOK COMMENTS