काठमाडौं । इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड: विश्वासको सम्मान’ आयोजना गर्दै क्याब र मोटरबाइक (मोटो) श्रेणीका ८० जना उत्कृष्ट ड्राइभर पार्टनरहरूलाई सम्मान गरेको छ ।
काठमाडौंको शहरी यातायातलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने ड्राइभरहरूको व्यावसायिकता, विश्वसनीयता र निरन्तर उत्कृष्ट प्रदर्शनको कदर गर्दै यो समारोह आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै इनड्राइभकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले यो अवार्ड ड्राइभर–पार्टनर र यात्रुबीचको आपसी विश्वासलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको बताइन्।
विशेष अतिथि प्रियंका कार्कीको उपस्थितिमा सम्पन्न उक्त समारोहमा पाँच वर्ष र तीन वर्षदेखि प्लेटफर्ममा आबद्ध दीर्घकालीन ड्राइभरहरूका साथै सन् २०२५ का उत्कृष्ट पुरुष तथा महिला ड्राइभरहरूलाई विभिन्न विधामा सम्मानित गरिएको थियो । समारोहमा कुल ८० जना विजेताहरूमध्ये क्याब र मोटो विधाका पुरुष तथा महिला चालकहरूलाई समेटिएको थियो ।

FACEBOOK COMMENTS