काठमाडौं । बेस्ट फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
असोज मसान्तसम्म आईपुग्दा फाइनान्सको नाफामा उल्लेख्य सुधार देखिएको छ । यो अवधिमा फाइनान्सले १२ करोड ११ लाख ६० हजार रुपैयाँ खुद आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको नाफा ८९ लाख ९९ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।बैंकको खुद ब्याज आम्दानी घटेपनि सञ्चालन मुनाफामा सुधार देखिएको छ । असोज मसान्तसम्म फाइनान्सको खुद ब्याज आम्दानी २ करोड ८२ लाख ६८ हजार रुपैयाँबाट घटेर २ करोड ७२ लाख ५९ हजार रुपैयाँ रहेको छ ।
यस्तै सञ्चालन मुनाफा १३ करोड ८१ लाख ६७ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ६० लाख रुपैयाँ नोक्सानमा रहेको थियो । यो अवधिमा संस्थाको खराब कर्जा १४.२६ प्रतिशतबाट घटेर ४.०५ प्रतिशत रहेको छ । ८२ करोड ८९ लाख १३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा ४७ करोड ९६ लाख ८४ हजार रुपैयाँ रहेको छ । यो अवधिमा निक्षेप संकलन ३ अर्ब ९ करोड १६ लाख २० हजार रुपैयाँ रहेको छ भने कर्जा लगानी २ अर्ब ३७ करोड ३८ लाख ७१ हजार रुपैयाँ रहेको छ । फाइनान्सको प्रति सेयर आम्दानी ५८ रुपैयाँ ४७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ३५ पैसा रहेको छ । फाइनान्सको वितरणयोग्य नाफा २७ करोड २५ लाख ८४ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।
FACEBOOK COMMENTS