’काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६ अवार्डबाट सम्मानित भएको छ ।
न्यू बिजनेश एज लिमिटेडले काठमाडौंमा आयोजना गरेको १० औं संस्करणको ‘न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्’ मा उक्त कम्पनीले उक्त अवार्ड प्राप्त गरेको हो ।
कार्यक्रममा लाइफटाइम एचिभमेन्टसहित विभिन्न १० ओटा विधामा अवार्ड वितरण हुँदैछ । यसमध्ये व्यावसायिक क्षेत्रमा लामो समय योगदान पुर्याउने व्यक्तित्वलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिँदैछ ।
न्यू बिजनेश एजले सन् २०१३ देखि निरन्तर न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्ड कार्यक्रम गर्दै आएको छ । कम्पनीले गत फागुनमा न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् कार्यक्रम आयोजना गरेको थियो ।