काठमाडौं । मोबाइल प्रविधिको विश्वव्यापी ब्राण्ड इनफिनिक्सले सोलार इनर्जी र एआई इनोभेसनमा प्रतिष्ठित पुरस्कार प्राप्त गरेको छ ।
स्पेनको बार्सिलोना हालै आयोजित ‘मोबाइल वर्ल्ड कङ्ग्रेस (एमडब्ल्यूसी) मा सो पुरस्कार प्राप्त गरेको हो । ब्राण्डले अध्याधुनिक प्रविधिहरूले प्रतिष्ठित पुरस्कार प्राप्त गरेसँगै कम्पनीको दिगो र प्रविधि केन्द्रित नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।
कम्पनीले प्रस्तुत गरेको कन्सेप्ट स्मार्टफोनको पछाडिको भागमा एकीकृत ‘पेरोभस्काइट सोलार सेल’हरू रहेका छन्, जसले वरपरको प्रकाश उपयोग गरी हरित ऊर्जामा आधारित चार्जिङको सुविधा प्रदान गर्छ । एमडब्ल्यूसी–२०२५ मा ‘बेष्ट फोन कन्सेप्ट’ पुरस्कार जितेर यो प्रविधिले भविष्यमा स्मार्ट फोन चार्जिङको परिदृश्य बदल्ने सम्भावना उजागर गरेको कम्पनीको दाबी छ ।
FACEBOOK COMMENTS