काठमाडौँ । भिडियो स्ट्रिमिङ जायन्ट नेटफ्लिक्सले प्रमुख फिल्म निर्माता र स्ट्रिमिङ कम्पनी वार्नर ब्रदर्स डिस्कभरीबीचको सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्तक्षेप गर्ने संकेत गरेका छन् ।
यस सम्झौताप्रति ट्रम्पले सार्बजनिक रुपमा नै असन्तुष्टि जनाएको केहि घण्टापछि नै प्यारामाउन्ट स्काइडान्सले वार्नर ब्रदर्स डिस्कभरीको डिलका लागि १०८.४ अर्ब डलरको अफर गरेको छ । यो अफर नेटफ्लिक्सको ७२ अर्ब डलरलाई चुनौती दिदै आएको विश्लेषण गरिएको छ ।
प्यारामाउन्टले प्रति शेयर ३० डलरमा सम्पूर्ण कम्पनी किन्न प्रस्ताव गरेको छ, जबकि नेटफ्लिक्सले टिभी, फिल्म स्टुडियो र स्ट्रिमिङ सम्पत्तिको लागि प्रति शेयर २८ डलर प्रस्ताव गरेको थियो । नेटफ्लिक्सले शुक्रबार वार्नर ब्रदर्शको टिभी, फिल्म स्टुडियो र स्ट्रिमिङ सम्पत्तिको लागि ७२ अर्ब डलरको इक्विटी सम्झौता गर्न सहमति भएको घोषणा गरेको थियो ।
तर प्यारामाउन्टको प्रस्ताव सम्पूर्ण कम्पनीको लागि हो, जसमा केबल नेटवर्कहरू सिएनएन, टिएनटी र डिस्कभरी च्यानल पनि समावेश छन् । प्यारामाउन्टले सेप्टेम्बरदेखि नेटफ्लिक्स र एप्पल जस्ता टेक दिग्गजहरूलाई चुनौती दिँदै मिडिया पावरहाउस बन्न धेरै प्रस्तावहरू गरेको थियो । यद्यपि, वार्नर ब्रदर्शले ति प्रस्तावलाई अस्वीकार गर्दै आएको छ ।
प्यारामाउन्टले नेटफ्लिक्स र वार्नर ब्रदर्शको सम्झौतालाई अनुचित भएको र नेटफ्लिक्सलाई विजेताको रूपमा पूर्व–निर्धारित गरिएको दाबी गरेको छ । त्यस्तै वार्नर ब्रदर्श व्यवस्थापनले प्यारामाउन्टको प्रस्तावलाई नकारात्मक रूपमा खारेज गरेको बताइएको छ । विश्लेषकहरूले प्यारामाउन्टको ट्रम्प प्रशासनसँग घनिष्ठ सम्बन्ध रहेको दाबि गरेका छन् । हाल प्यारामाउन्टको स्वामित्व स्काई डान्सले लिएको छ, जसको प्रमुख डेविड एलिसन, ओराकलका सहसंस्थापक ल्यारी एलिसन (विश्वको दोस्रो ठुलो धनि) का छोरा हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले नेटफ्लिक्स र वार्नर ब्रदर्शबीचको बहु–अरब डलरको सम्झौताको बारेमा चिन्ता व्यक्त गरेका थिए । उनले नेटफ्लिक्सको बजार हिस्सा पहिले नै धेरै ठूलो छ र यो सम्झौताले यसलाई अझ बढाउन सक्ने बताएका थिए । यसबाहेक, उनले नेटफ्लिक्स र वार्नर ब्रदर्शको यो सम्झौता बजारको लागि खतरा निम्त्याउन सक्ने टिप्पणी गरेका थिए । ट्रम्पले सम्झौतासँग सम्बन्धित निर्णयहरूमा व्यक्तिगत रूपमा भाग लिने कुरा स्पष्ट रूपमा बताएर यसमा हस्तक्षेप गर्ने मनसाय व्यक्त गरेका छन् । हलिउडमा अविश्वासको चिन्ताको बीचमा संघीय अधिकारीहरूले पनि सम्झौताको अनुसन्धान गरिरहेका छन् ।

यसकै बीचमा प्यारामाउन्टको नयाँ अफरले यो सम्झौता संकटमा पर्न सक्ने अड्कलबाजी शुरु भएको छ ।

FACEBOOK COMMENTS