काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले आगामी नेतृत्व सर्वसम्मति रुपमा चयन गर्नुपर्ने बताएकी छिन् ।
महासंघको आगामी निर्वाचनका लागि बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ समूहले आयोजना गरेको पदाधिकारी तथा कार्यकारिणी सदस्यको उम्मेदवारी घोषणा सभामा राणाले यस्तो बताएकी हुन् ।
‘निजी क्षेत्रको सशक्त एकता समयको आवश्यकता हो। वर्तमान परिवेशमा निजी क्षेत्रभित्रको सहकार्य, विश्वास र समन्वयले मात्र दिगो आर्थिक विकासको मार्ग प्रशस्त गर्न सक्छ। त्यसका लागि नेतृत्व पदहरूमा सर्वसम्मति, परिपक्वता र साझा दृष्टिकोण अत्यन्त आवश्यक छ’ उनले भनिन् ।
उनले आगामी नेतृत्व पदहरूमा सर्वसम्मति, परिपक्वता र साझा दृष्टिकोण अत्यन्त आवश्यक रहेको बताइन् ।
राणाले सक्षम, समावेशी र सहमतिमा आधारित नेतृत्वले निजी क्षेत्रलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने भन्दै सक्षम, समावेशी र सहमतिमा आधारित नेतृत्वले निजी क्षेत्रलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरिन् ।


FACEBOOK COMMENTS