काठमाडौं । प्रतिनिधि सभाका सभाुमख देवराज घिमिरेले वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला ‘जहाँ इच्छा त्यहाँ उपाय’को प्रतीक भएको बताएका छन् ।
परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रलाई सम्बोधन गर्दै सभामुख घिमिरेले मुटुको उपचारका क्षेत्रमा क्रियाशील रही उदाहरण प्रस्तुत गर्ने डा कोइराला ‘जहाँ इच्छा त्यहाँ उपाय’को प्रतीकका रूपमा रहेको बताएका हुन् ।
‘प्रतिष्ठान पनि संस्कारद्वारा समाजमा समृद्धि ल्याउन सकिन्छ भन्ने अभियानमा जुटेको छ । डा कोइरालाले पनि इच्छालाई प्रयत्नमा बदलेर परिणाम दिइरहनुभएको छ,’ सभामुख घिमिरेले भने । मानिसले मृत्युलाई असल कामबौ जित्न सक्ने भन्दै सभामुख घिमिरेले झापामा बच्चाहरूको मुटुको उपचारका लागि डा कोइरालाकै निष्ठा, योगदान, सक्रियता र अग्रसरतामा ठूलो योजना अघि बढिरहेकाले त्यस क्षेत्रको स्वास्थ्य सेवामा सुधार आउने विश्वास व्यक्त गरे ।
सुशासनका माध्यमबाट मात्रै राष्ट्र र समाजलाई अघि बढाउन सकिने र त्यसका लागि आफूलाई लागेका र देखेका विषय स्पष्टसँग राख्दै कमी–कमजोरी हटाउन दिशानिर्देश गर्ने प्रतिष्ठानका अध्यक्ष दाहालको व्यवहार, शैली र अभिव्यक्ति प्रशंसायोग्य रहेको घिमिरेले बताए ।
कार्यक्रममा उनले डा. कोइरालालाई सम्मान समेत गरेका थिए ।
यस्तै, प्रतिष्ठानका संरक्षक प्रा डा दाहालले असल बाटोमा हिँड्न प्रेरित गर्ने पिता र माताले सिरहाको बन्दीपुर क्षेत्रमा पाटी, पौवा, मन्दिर, पोखरी र चौतारोलगायतका सामाजिक कार्यमा पुर्याएको योगदानको चर्चा गरे । उनले नेपाली समाजमा परम्परादेखि स्थापित संस्कार, संस्कृति र परम्पराको जगेर्ना गर्ने प्रेरित गर्ने हिसाबले प्रतिष्ठान स्थापना गरेको बताए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला सम्मानित
FACEBOOK COMMENTS