काठमाडौं । नेकपा (एमाले) की राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई उक्त पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति पाैडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम आज मङ्गलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार तोकेका हुन् ।
घुस डिल गरेको अडियो सार्वजनिक भएपछि यसअघिका मन्त्री राजकुमार गुप्ताले आजै राजीनामा दिएका थिए ।
FACEBOOK COMMENTS