काठमाडौं । डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र सारिने भएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो पालिकाको केन्द्र वडा नं. ४ बगरकोटबाट सोही वडाको टप्वा कायम गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको निर्णयसँगै अब सो गाउँपालिकाको केन्द्र परिवर्तनसम्बन्धी सूचना राजपत्रमा प्रकाशित हुने छ ।
२२३ दशमलव ३८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको भागेश्वर गाउँपालिकामा १३ हजार १३२ जना जनसङ्ख्या छ । सो पालिकामा पाँचवटा वडा छन् ।
डडेल्धुराको साबिक बगरकोट, भागेश्वर र रुपाल गाउँ विकास समितिलाई मिलाएर २०७३ चैत २ गते भागेश्वर गाउँपालिका बनाइएको थियो भने केन्द्र बगरकोट तोकिएको थियो ।
FACEBOOK COMMENTS