भक्तपुर । नेपाल पत्रकार महासङ्घ, भक्तपुरले वरिष्ठ पत्रकार माथवर सिंह थापासहित चार जना पत्रकारलाई सम्मान गरेको छ ।
शाखाको हिजो शनिबार सम्पन्न नवौँ अधिवेशन तथा साधारण सभाले वरिष्ठ पत्रकार माथवर सिंह बस्नेतलाई पाँच हजार रूपैयाँ नगदसहित वरिष्ठ पत्रकार सम्मान दिएको हो ।
यसैगरी, राजधानी दैनिकका पत्रकार तथा पत्रकारिता अध्यापक पूर्णभक्त दुवाललाई नगद रू. १५ हजार रूपैयाँसहित स्व. भगवान्, राजकुमार महर्जन स्मृति पुरस्कार, पाँच/पाँच हजार रूपैयाँ नगदसहित चन्द्रकला क्षेत्री भगवतीलाई महिला पत्रकारिता पुरस्कार र कृष्ण प्रसाद नेपाललाई स्व. मैयाँदेवी शिल्पकार स्मृति पुरस्कार प्रलान गरिएको छ ।
कोषाध्यक्ष निलम्बन
लामो समयदेखि पत्रकार महासङ्घका कोषाध्यक्ष सबै कार्यक्रममा अनुपस्थित रहँदै आएका तथा बैङ्क चेक समेत आफैंले लिएर गई पत्रकार महासङ्घका हरेक काम कारबाहीलाई बेवास्ता गर्दै सिङ्गो संस्थालाई नै बन्धक बाउँदै आएको भन्दै साधारण सभाले कोषाध्यक्षलाई निलम्बन गरेको छ ।
पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापति विजयी भएर आएदेखि नै विभिन्न बहानामा खाता पुरानो समितिबाट नयाँ समितिमा ल्याउन आनाकानी गर्ने हिसाबकिताब पारदर्शिता समेत नदेखाउने कुनै पनि बैठकमा उपस्थित नहुने जस्ता कार्य गर्दै आएका कारण पत्रकार महासङ्घ भक्तपुरले विभिन्न संस्था तथा घर भाडा कर्मचारीको तलब समेत भुक्तानी गर्न सकेको थिएन ।
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाको प्रमुख आतिथ्ययतामा भएको साधारण सभामा यथाशीघ्र महाधिवेशन गरी पत्रकारहरूको साझा सङ्गठनको छवि सुधार्नुपर्ने आवाज उठेको छ । सदस्यता विवादका कारण शनिबार नै हुनुपर्ने महासङ्घको नयाँ नेतृत्व चयन अन्योलमा रहेको छ ।
पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवम् राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पत्रकार महासङ्घ समस्याबाट नभाग्ने बताउँदै जस्तोसुकै समस्याको समाधानका लागि अघि बढ्ने बताए । देशभरका १३ हजारबाट ७÷८ हजारको सङ्ख्यामा पत्रकारहरूको शुद्धीकरण गर्नु पनि ठुलो काम भएको उनको भनाइ छ ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS