काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको विधान महाधिवेशनमा आफ्नो भूमिकाबारे पार्टीको केन्द्रीय कमिटी बैठकले निर्धारण गर्ने बताएकी छिन् ।
मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आफू एमाले पार्टीको सक्रिय राजनीतिकमा क्रियाशील भइसकेकाले विधान महाधिवेशनमा सहभागी हुने कुरा केन्द्रीय कमिटी बैठकले तय गर्ने बताइन् ।
“पार्टीभित्रको कुन संरचनामा के भूमिका हुने भन्ने कुरा पार्टीको माथिल्लो तहको नेतृत्वले तय गर्ने छ । महाधिवेशन नहुँदाको अवस्थामा केन्द्रीय कमिटी नै सर्वोच्च अङ्ग हुन्छ”, उनले भनिन्, “विधान महाधिवेशनमा मेरा उपस्थिति कसरी गराउनहुन्छ भन्ने कुरा केन्द्रीय कमिटीमा नै भरपर्ने कुरा हो । प्रतिनिधिका रूपमा हुन्छ वा आमन्त्रित सदस्यको रूपमा कसरी गराउनुहुन्छ यसमा मेरो कुनै यस्तो यही गर्नुपर्छ भन्ने छैन ।”
जबजको विजारोपण सुदृढीकरण र त्यसलाई सिद्धान्तलाई अगाडि बढाउने कुरा मदन भण्डारीले गरे पनि रहस्यम निधन भएकाले लागू गर्न नपाएको उल्लेख गर्दै उनले भनिन्, “तर, पनि पार्टी अगाडि बढ्यो । पार्टीले आफ्नो सिद्धान्तअनुसार अगाडि बढ्दै जाँदा यो ठाउँसम्म आइपुगेको छ ।” उनले पार्टी जनताको तहमा काम गरेअनुसार विधान महाधिवेशनमा प्रतिनिधित्वको सहभागी हुनुपर्नेमा बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले संसद् विघटन संविधानअनुसार नै तत्कालीन मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको आधारलाई कार्यान्वयन गरेको बताइन् ।
FACEBOOK COMMENTS