काठमाडौँ । भारतको उत्तराखण्डमा भारी हिमपात भएको छ । उत्तारखण्डका चमोली, टिहरी, रुद्रप्रयाग, उत्तरकाशी र देहरादूनका उच्च उचाइका क्षेत्रहरूमा भारी हिमपात भएको छ ।
यसैबीच, देहरादून र हरिद्वार जिल्लाका केही क्षेत्रमा बिहानदेखि निरन्तर वर्षा भइरहेको र राज्यमा वर्षा र हिमपातको लागि देहरादूनको मौसम विज्ञान केन्द्रले चेतावनी जारी गरेको छ । विभागका अनुसार, यस्तो मौसम जनवरी २८ सम्म जारी रहन सक्ने बताएको छ ।पश्चिमी विक्षोभको गतिविधि हिजो रातिदेखि सुरु भएको थियो।
उत्तराखण्डका २३०० मिटर वा सोभन्दा बढी उचाइ भएका क्षेत्रहरूमा विशेष गरी हिमपात हुने सम्भावना रहेको र मैदानी क्षेत्रमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको केन्द्रले जानकारी दिएको छ ।
साथै, आगामी २४ घण्टामा ४० देखि ५० किलोमिटर प्रतिघण्टाको गतिमा तेज हावा चल्ने पनि अपेक्षा गरिएको छ । मौसम विभागका अनुसार, जनवरी २५ र २६ मा राज्यमा यस्तै अवस्था कायम रहन सक्ने बताएको छ ।
FACEBOOK COMMENTS