काठमाडौं । नक्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार एक जनाको मृत्यु भएको बताएका छन् ।
घाइते भएका दुइमध्ये एक जनाको मृत्यु भएको उनले भने, उनीहरुलाई उद्धार गरेर उपचारका लागि लगिएकोमा एक जनाको मृत्यु भएको हो ।
जेनजी आन्दोलनका क्रममा आगजनी भएको उक्त भवन मर्मत तथा सरसफाइका लागि भत्काउन थालिएको छ । सो क्रममा आज दुई जना गम्भीर घाइते भएको र एक जनाको मृत्यु भएको हो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका भाटभटेनी भवनमा पनि तोडफोड र आगजनी गरिएका थिए ।
FACEBOOK COMMENTS