काठमाडौँ । जेनजी आन्दोलनमा तोडफोड र आगजनी बाट नक्सालस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोर ढलेपछि च्यापिएका तीन कामदारको उद्धार गरिएको छ ।
उक्त स्थानमा १७ जना कामदारहरू भाटभटेनी भत्काउन खटिएका थिए । भत्काउँदै गर्दा भाटभटेनीको पछाडिको खण्ड अचानक ढल्दा कामदारहरू च्यापिएका हुन् ।
अहिले उद्धार गरिएका तीनै जनाको उपचार टिचिङ अस्पतालमा भइरहेको छ । घाइते हुनेमा हेटौंडाका २५ वर्षीय दिपक तामाङ, ३३ वर्षीय राजकुमार स्याङ्तान र ३१ वर्षीय बिजय पाख्रिन रहको प्रहरी स्रोतले जानकारी दिएको छ ।
च्यापिएका मध्ये एक गम्भीर
काठमाडौं । नक्सालस्थित भाटभटेनी सुपरस्टोरका घाइतेमध्ये एकजना गम्भीर छन् ।
प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार हेटौंडा उपमहानगरपालिका– १ का ३३ वर्षीय राजकुमार स्याङताङको अवस्था गम्भीर छ ।

उक्त दुर्घटनामा घाइते २५ वर्षीय दीपक तामाङ र २१ वर्षीय विजय पाख्रिनको अवस्था भने सामान्य रहेको भट्टराईले बताए । उनीहरू हेटौंडा उपमहानगरपालिका– १ का बासिन्दा हुन् ।

FACEBOOK COMMENTS