काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्व अध्यक्ष भवानी राणाले संसदमा सांसदहरूले चाहिने कुरामा बहस नगरेको बताएकी छिन् ।
सांसदहरू मन्त्री बन्नका लागि नभइ देशको नीतिनिर्माणका लागि भएको चर्चा गर्दै उनले वर्तमान संसदमा सांसदहरूले चाहिने भन्दा नचाहिने विषय र प्रसङ्गहरूमा बहस गरिरहेकामा चिन्ता व्यक्त गरेकी छिन् ।
‘सांसदहरू मन्त्री बन्न होइन, काुनन बनाउनका लागि हो,’ पूर्व अध्यक्ष राणाले भनिन्, ‘अहिले पार्लियामेन्टभित्र हेर्दाखेरि गालीमाथि गालीको जुहारी मात्रै देखिरहेका छौँ । कुर्सीका लागि मात्रै कुरा गरेको देखिन्छ । त्यसका लागि मात्रै सांसद होइन ।’ संसदभित्र भइरहेको गाली र बेइज्जतका जुहारीहरूले आम नागरिकलाई दिग्दारीतर्फ धकेलिरहेको र देशको गरिमामा समेत आँच पुर्याइरहेको उनको भनाइ छ ।
राष्ट्रिय युवा संसदहरूको सपथग्रहण समारोहलाई हिजो बिहीबार सम्बोधन गर्दै राणाले सांसदहरूले संसदमा उठाउनुपर्ने र गर्नुपर्ने बहसपैरवीका विषयहरूसमेत उजागर गरेकी छिन् ।
‘तपाइँहरूले देशको पोलिसी बनाउने, देशलाई कसरी समृद्ध बनाउन सकिन्छ, यहाँ भएका रिसोर्सेसलाई कसरी क्यासमा कन्भर्ट गर्न सकिन्छ, हाम्रो एक्स्पोर्ट र इम्पोर्टलाई कसरी ब्यालेन्स गर्न सकिन्छ, ऊर्जा उत्पादनबाट कष्ट अफ प्रडक्सन कसरी घटाउन सकिन्छ, हाम्रा कृषि, जडीबुटीलाई प्रशोधन गरेर कसरी एक्स्पोर्ट गर्न सकिन्छ, अहिले त्यही कुराहरू भारतमा गइरहेको छ आईसीमा,’ उनले भनिन्, ‘त्यसलाई हामीले अझ राम्रो प्रोसेसिङ गरेर डलरमा कसरी कन्भर्ट गर्ने, यहाँ भएका फलाम खानीलाई कसरी उत्पादनमा प्रयोग गर्न सकिन्छ, पर्यटनलाई कसरी विकास गर्न सकिन्छ, ठूला दुई विमानस्थल खाली भइरहेको बेलामा देशका राष्ट्रिय ध्वजाबाहक जहाजलाई कसरी चलायमान गराउन सकिन्छ, त्यस किसिमको बहस संसदमा बसह हुनुपर्छ ।’
उनले राष्ट्रिय युवा सांसदहरू विधायिका बनेको खण्डमा यी कामबारे बहस गर्ने विश्वास उनको छ । ‘मलाई विश्वास छ, पहिला राष्ट्र अनि म भन्ने भावना तपाइँहरूमा आवस् । सहयोग गर्नुपरे सधैं तयार छौँ,’ उनले भनिन् ।
यसैगरी, पूर्व अध्यक्ष राणाले मुलुकको आर्थिक अवस्था कमजोर बन्दा सबैभन्दा बढी निजी क्षेत्रले चुनौतीहरूको समना गर्नुपरिरहेको बताएकी छिन् । मुलुकमा अनेक सम्भावना हुँदाहुँदै पनि युवायुवतीहरू विदेसिँदा मुलुकले समस्या भोगिरहेको उनको भनाइ थियो ।
हेर्नुहोस् भिडिओ–
यो पनि पढ्नुहोस्–
लोकतन्त्रका नाममा अपमान गर्ने चलन बढ्यो, जे पायो त्यही नबोलौँ (भिडिओ)
FACEBOOK COMMENTS