काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)की निवर्तमान अध्यक्ष भवानी राणाले कृषि क्षेत्रमा युवाहरुको आवद्धता कम भएकाे बताएकी छिन् ।
राष्ट्रिय युवा परिषद्को आयोजनामा भएको दाेस्राे युवा उद्यमशीलता शिखर सम्मेलनमा वक्ताको रुपमा सहभागी भएकी राणाले नेपाल कृषिप्रधान देश भएतापनि कृषि क्षेत्रमा युवाहरूको आवद्धता नगन्य रहेको बताएकी हुन् ।
युवाहरुले कृषि क्षेत्रमा लागेर केही गरेको उदाहारण सुन्ना आएता पनि वृहत रुपमा कृषि क्षेत्रमा युवाको उपस्थिति नभएको उनको दावी छ । नेपालको नीतिगत कारणले पनि कृषिका युवाको सहभागिता कम भएको उनले बताएकी छिन् । कुनै समयमा चामल निर्यात गर्ने देश नेपालले अहिले ठुलो मात्रामा चामल आयात गर्नुपरेको प्रति चिन्ता व्यक्त गर्दै उनले व्यवसायीक कृषि खेतितर्फ युवाहरु लाग्नुपर्नेमा जोड दिइन् ।
यसका साथै उनले देशको आर्थिक विकासका लागि कृषिलाई आधुनिकिकरण गरेर व्यवसायीक कृषि प्रणाली अवलम्बन गर्नुपर्ने बताइन् । जसकालाथि सरकारले पनि प्रोत्साहनका साथै प्रविधिहरु किसानलाई उपलब्ध गराइदिनुपर्ने उनको भनाई छ ।
यसका साथै बैंकहरुले कृषिलाई दिए अनुसारकै प्रशोधन उद्योगहरूका लागि पनि सहुलियत कर्जा दिनपर्ने उनले बताइन् ।
FACEBOOK COMMENTS