काठमाडौँ । भेष्पा अप्रिलियाको नेपालस्थित आधिकारिक बिक्रेताले काठमाडौंको बौद्ध, पिपलबोटमा नयाँ सर्भिस सेन्टर उद्घाटन गरेको छ।
कम्पनीले आफ्ना ग्राहकलाई अझ उत्कृष्ट र भरपर्दो बिक्री पछिको सेवा उपलब्ध गराउने उद्देश्यसहित यो अत्याधुनिक सुविधा सुरु गरेको हो ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी हाम्रा ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं।
यो नयाँ सर्भिस सेन्टरले भेष्पा अप्रिलियाका स्कुटरधारकलाई सहज र भरपर्दो सेवा सुनिश्चित गर्नेछ।” पूर्ण–सुविधासम्पन्न नयाँ सेन्टरमा अत्याधुनिक उपकरण र दक्ष प्राविधिक उपलब्ध छन्, जसले स्कुटर मर्मत र सेवा प्रक्रियालाई अझ प्रभावकारी र छिटो बनाउनेछन्।
ग्राहकहरूले अब स्पेयर पाट्र्स, नियमित सर्भिस र मर्मत सबै सुविधा एउटै छानामुनि पाउने व्यवस्था गरिएको छ ।
कम्पनीका निर्देशक तथा सीईओ विजय महतोले उद्घाटन अवसरमा भने, “यो नयाँ सर्भिस सेन्टरले ग्राहकहरूको सन्तुष्टिलाई अझ प्राथमिकतामा राख्दै बिक्री पछिको सेवाको दायरा फराकिलो बनाउनेछ।
अब ग्राहकहरूले आफ्नो स्कुटरको मर्मत र सेवाका लागि सहजै सम्पर्क गर्न सक्नेछन्।” डेल्टा अटोकर्पले यसअघि नै भेष्पा अप्रिलिया स्कुटरका लागि गुणस्तरीय बिक्री र बिक्री पछिको सेवामा विश्वास जित्दै आएको छ।
नयाँ सर्भिस सेन्टरको सञ्चालनसँगै कम्पनीले ग्राहक सेवा प्रवाहलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिज्ञा गरेको छ ।
FACEBOOK COMMENTS