काठमाडौं । नेपालले शरद भेस्वाकरको कप्तानीमा ’हङकङ क्रिकेट सिक्सेस’ मा भाग लिने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले हङकङ चाइनामा आयोजना हुने ’हङकङ क्रिकेट सिक्सेस’ प्रतियोगितामा सहभागी हुने भेस्वाकरको कप्तानीमा ७ सदस्यीय टिमको घोषणा गरेको छ ।
नेपाली टिममा शरद भेस्वाकर (कप्तान), सन्दीप जोरा, मोहमद आदिल आलम, लोकेस बम, बसिर अहमद, रसिद खान र रुपेश कुमार सिंह रहेका छन् ।
क्यानले यस प्रतियोगितापछि शरद भेस्वाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने जानकारी दिएको छ ।
’हङकङ क्रिकेट सिक्सेस मा नेपालसहित अफगानिस्तान, दक्षिण अफ्रीका, अस्ट्रेलिया युएई, इङल्याण्ड, बह्र्ट, कुवेत, पाकिस्तान, बंगलादेश, हङकङ र श्रीलंका खेल्दैछन् ।
’हङकङ क्रिकेट सिक्सेसमा नेपाल समुह ए मा अफगानिस्तान र दक्षिण अफ्रिका रहेका छन् । नेपालले पहिलो खेल नोभेम्बर ७ मा अफगानिस्तानसँग र नोभेम्बर ८ मा दक्षिण अफ्रीकासँग खेल्ने कार्यक्रम रहेको छ ।
FACEBOOK COMMENTS