काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१० मध्यबानेश्वर बस्ने झापाको मेचीनगर नगरपालिका–१५ घर भएका ५६ वर्षीय ध्रुवप्रसाद भेटवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट जेठ ७ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भएपछि फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१० मध्यबानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ ।
FACEBOOK COMMENTS