काठमाडौं । नेकपा (एमाले) का पूर्वनेता भीम रावलले नारायणघाटबाट बुटवल जाने सडक गएरातिदेखि ठप्प रहेकोप्रति सरकारलाई प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता रावलले देशको मुख्य राजमार्गकै यस्तो दुर्दशा भएको भन्दै सरकार रेल, जहाज र रकेट बनाउन व्यस्त हो र ? भनी प्रश्न गरेका छन् ।
उनले भनेका छन्–
‘केही दिनअघि गाडीमा आउँदा दाउन्नेदेखि कावासोतीसम्म यातायात अवरोधको गम्भीर समस्या सामना गरी काठमाडौं आइपुगेको तेस्रो दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले एक जना पत्रकारलाई सरकारले काम गरेको हेर्न दाउन्ने जानु भनेको सुन्दा आश्चर्य लागेको थियो । दाउन्नेमा गएरातिदेखि यातायात ठप्प रहेको समाचार सुनियो । यात्रुको कन्तबिजोक ! मुख्य राजमार्गको यस्तो दुर्दशा ! सरकार के गर्दै छ त ? रेल, जहाज र रकेट बनाउन व्यस्त हो र ?’