काठमाडौं । मातृभूमि जागरण अभियान, नेपाल चलाइरहेका नेता डा। भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा आज समायोजन हुदैछन् ।
आज दिउसो साढे १ बजे राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिष्ट पार्टीबीच समायोजन हुने भएको हो ।
कार्यक्रमलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहसंयोजक माधव कुमार नेपाल, मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावलले सम्बोधन गर्नेछन् ।
नेपाली कम्युनिष्ट पार्टीमा रावललाई नारायणकाजी श्रेष्ठ, बामदेव गौतम सरहकै वरियता दिने गरि सहमति भएको बताइएको छ ।
FACEBOOK COMMENTS