पाेखरा मंसिर ११, नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताउनु भएकाे छ ।
उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उहाँले अब पछि हट्ने अवस्था नरहेको बताउनुभयाे । होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदैछ ।
पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयासस्वरूप एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्दै बन्द सत्रमा प्रस्ताव पेस गर्दैछ । तर रावलले भने आफू उम्मेदवारीवाट पछि हटिनसकेको बताउनुभएकाे छ । उहाँले निकटस्थहरूसँग आफूले सात सय मत ल्याउने बताइरहनु भएकाे छ ।
FACEBOOK COMMENTS