काठमाडाैँ । पूर्व एमाले नेता भीम रावलले ठुला भनिएका दलहरु सिद्धान्तहिन र गतब्यहिन बाटोमा लागेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै रावलले, ‘ठुला भनिएका दलहरु सिद्धान्तहिन, गन्तब्यहीन बाटोमा लागिरहेका छन्, हाम्रो सीमा क्षेत्र असुरक्षित बन्न पुगेको छ,बाहिरी हस्तक्षेप बढेको छ ।’
सामान्य जनता सहकारी, मिटरब्याजीदेखि ठगीबाट आक्रान्त रहेको उनको भनाई छ । उनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले साधारण सदस्यबाट समेत निष्कासन गरेपछि उनी आज नयाँ पार्टीको घोषणाको तयारीमा छन् । उनको पत्रकार सम्मेलन जारी छ ।
FACEBOOK COMMENTS