काठमाडौं । संविधानविद् डा. भिमार्जुन आचार्यले जेन–जी आन्दोलनबारे गौरीबहादुर कार्की आयोगको प्रतिवेदन ‘गधाको निवन्धजस्तो’ भएको टिप्पणी गरेका छन् ।
उनले हचुवाका भरमा तयार पारिएको प्रतिवेदनले उक्त घटनाका योजनाकार र संलग्नहरूको चाहनामात्रै पूरा गरेको भन्दै उनले देश अझै देशजस्तो हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।
यस्तो छ डा. आचार्यको टिप्पणी–
गाईको बारेमा निवन्ध लेख्न भनेकोमा लद्दु विद्यार्थोले चार ओटा खुट्टा त मिल्छ नि भनेर गधाको निवन्ध लेखेर कपी बुझाए जस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन । भदौ २३ र २४ को त्यति संवेदनशील अपराध र देशद्रोहलाई पुरै विषयान्तर गरी त्यो केही पनि होइन र त्यस दिन खास केही भएकै थिएन जस्तरी प्रतिवेदन बनाउन आयोग सफल भयो । उक्त घटनाका योजनाकार र संलग्नहरूको चाहना यही थियो, शायद पुरा भयो । देश अझैं देश जस्तो हुन सकेन । जनताको करबाट पालिने राज्यका पदाधिकारी देश र जनता भन्दा अरूका सेवक जस्ता भए र देखिए ।
यो पनि पढ्नुहोस्–

‘जेन–जी आन्दोलनका नेतृत्वकर्ता सुधन गुरुङ र रक्षा बम हुन्’
FACEBOOK COMMENTS