काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले नेताहरूलाई निषेध गरेर चुनाव हुन नसक्ने बताएका छन् ।
आज बुधबार बाराको सिमरामा नेकपा (एमाले) का नेताहरूलाई कार्यक्रमस्थलमा जान रोक लगाइएको विषयलाई लक्ष्य गर्दै उनले यस्तो क्रियाकलापले आगामी फागुन २१ मा तय भएको प्रतिनिधिसभाको चुनाव हुनेमा शङ्का व्यक्त गरेका हुन् ।
‘नेताहरूलाई आफ्ना सभा–सम्मेलनमा जान रोक लाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अवरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ ? अनि यस्तो काम गर्न पाइन्छ कसरी ?,’ आचार्यको प्रश्न छ ।
उनले आफ्नो समर्थनको सरकार भएको जेन जी समूहले झनै बढी जिम्मेवार हुनुपर्नेमा जोड दिँदै उत्तेजना बढाउने कार्य कसैको हितमा नहुने पनि स्मरण गराएका छन् ।
‘आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनुपर्ने होइन र ? जेन जीका भाइबहिनीहरूले यसमा हेक्का राख्नुपर्यो,’ आचार्यले भनेका छन्, ‘उत्तेजना बढाउने काम कसैको हितमा हुँदैन ।’

याे पनि पढ्नुहाेस्–

जेन जी मधेश संयोजकले भने– सिमरा घटना एमालेले नै घटाएकाे हाे

FACEBOOK COMMENTS