काठमाडौं । भियतनाममा खराब मौसमका कारण पर्यटकहरूले भरिएको डुङ्गा पल्टिँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ ।
भियतनामको उत्तरमा रहेको लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ खाडीमा यो घटनापछि धेरै मानिसहरू अझै बेपत्ता रहेको रिपोर्टमा उलेल्ख छ ।
धेरैजसो यात्रु भियतनामको राजधानी हनोईबाट आएका थिए । दुर्घटनापछि ११ जनालाई पानीबाट जीवितै निकालिएको उद्धारकर्मीहरूले बताएका छन् ।
यद्यपि, उद्धारकर्मीहरूले भारी वर्षाका कारण बाँचेकाहरूको खोजी गर्न कठिन भइरहेको बताएका छन्।
FACEBOOK COMMENTS