काठमाडौँ । दक्षिणपूर्वी ताइवानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प चीन, फिलिपिन्स र जापानसम्म महसुस गरिएको थियो ।
केन्द्रीय मौसम प्रशासनका अनुसार, भूकम्पको केन्द्रबिन्दु ताइतुङ काउन्टी हलबाट १०.१ किलोमिटर उत्तरमा थियो र यसको गहिराइ ११.९ किलोमिटर रहेको थियो ।
ताइवानमा भूकम्पको तीव्रता १ देखि ७ को स्केलमा मापन गरिएको छ । ताइतुङ काउन्टीमा ५ म्याग्निच्युड रेकर्ड गरिएको थियो, जबकि हुआलियन र पिङटुङ काउन्टीहरूमा ४ म्याग्निच्युड महसुस गरिएको थियो ।
राष्ट्रिय अग्नि नियन्त्रक निकायले ताइवानमा कुनै क्षतिको रिपोर्ट दिएको छैन । ताइवानी चिप निर्माता टीएसएमसीले भूकम्पले आफ्ना कारखानाहरू खाली गर्न आवश्यक पर्ने गरी गम्भीर नभएको बताएको छ ।
यसअघि ताइवानमा अप्रिल ३, २०२४ मा हुआलियन क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो । यो विगत २५ वर्षमा सबैभन्दा शक्तिशाली भूकम्प

FACEBOOK COMMENTS