काठमाडौं । बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यस्तै भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमानामा रहेको पनि केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का उत्तरपूर्वी भारतका धेरैजसाे राज्यमा महशुस भएकाे थियाे । नेपालकाे पनि अधिकांश भागमा धक्का महशुस भएकाे थियाे ।
काठमाडौं उपत्यकामा त धक्का थाहा पाउनेहरु घर बाहिर नै निस्केका थिए ।
भूकम्पको केन्द्र बिन्दु १२२ मिटरको गहिराईमा रहेको केन्द्रले जनाएको छ ।
FACEBOOK COMMENTS