काठमाडौं । राष्ट्रिय सभा अन्र्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिम र जाजरकोट जिल्लाको स्थलगत अनुगमन गर्ने भएको छ ।
समितिका सभापति दिलकुमारी थापा रावल(पार्वती)को नेतृत्वमा संसदीय प्रतिनिधीमण्डल स्थलगत अनुगमनका लागि त्यस तर्फ जाने भएको हो ।
राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूकम्प प्रभावितका लागि राहत बितरण र पूर्नस्थापनाका लागि अहिले सम्म भैरहेका प्रयासहरु र आगामी दिनमा चाल्नुपर्ने कदमका बिषयमा सुझाब दिन स्थलगरुपमा नै सरोकारवाला संग छलफल गर्न समितिलाई निर्देशन दिएका थिए ।
अध्यक्ष तिमिल्सिनाको निर्देशनपछि भूकम्प प्रभावित जिल्लाको वर्तमान अवस्थामा पिडितले के कस्ता समस्या भोग्नु परेको छ र समस्या समाधानका लागि के गर्न सकिन्छ भन्ने उद्देश्यले समितिले स्थलगत अनुगमन गर्न लागेको सभापति रावलले जानकारी दिए ।
समितिले दुबै जिल्लाका सदरमुकाममा पुगेर स्थानिय प्रशासन, सुरक्षा निकाय, स्थानिय जनप्रतिनिधी, राजनैतिक दलका नेता, रेडक्रस, स्काउट लगायत भूकम्प प्रभावितको राहत र उद्दारमा खट्ने सरोकारवाला संग राहत बितरणको अबस्था, कहाँ कहाँ समस्या छ, पर्नस्थापनाका प्रयास केके भएका छन, न्युनतम राहत पुगेको छ कि छैन, बितरणको समन्वय कसरी भैरहेको छ भनेर छलफल गर्ने कार्यक्रम छ ।
उक्त संसदीय टोलीले जाजरकोट जिल्लामा सोमबार र मंगलबार रुकुम पश्चिमका जिल्लामा अन्तरकृया गर्ने संघीय संसदका सहायक प्रबक्ता दशरथ धमलाले जानकारी दिनुभयो । समितिले यस अघि प्रतिनिधी सभा अन्र्तगतको राज्य ब्यबस्था तथा सुशासन समितिको स्थलगत अनुगमन गरेर दिएका निर्देशनको कार्यान्वयनको अबस्थाका बारेमा पनि जानकारी लिनेछ ।
स्थलगत अनुगमनमा गएको संसदीय प्रतिनिधीमण्डलमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलको प्रतिनिधीत्व हुने गरि सदस्यहरु समावेश गरिएको सहायक प्रबक्ता धमलाले जानकारी दिए । प्रतिनिधीमण्डलमा समितिका सभापति रावल सहित राष्ट्रिय सभाका सदस्यहरु अनिता देवकोटा, कुमार दशौदी, गोपीबहादुर सार्की अछामी, राजेन्द्र लक्ष्मी गैरे र शेखरकुमार सिंह छन् ।
FACEBOOK COMMENTS