काठमाडौं । आज बिहानै नेपाल र चीन सीमानामा पर्ने तिब्बतको दिङ्गे काउन्टी क्षेत्रमा केन्द्र बनाएर ७.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा आज बिहान ६ बजेर ५० मिनेट जाँदा ७.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
उक्त क्षेत्रमा गएको भूकम्पले काठमाडौं उपत्यकाका साथै नेपालका विभिन्न क्षेत्रमा धक्कम महशुस भएको छ । भूकम्पले पारेको क्षतिको विवरण आउन बाँकी छ ।
बिहान गएको भूकम्पले नेपाल, चीनका साथै बङ्लादेश भारत, भुटानमा समेत धक्का महशुस भएको छ ।
FACEBOOK COMMENTS