धनगढी । भूपेन्द्र बडुुवालको हत्या आरोपमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि थुनामा परेका छन् भने ३ जना धरौटीमा छुटेका छन् भने शुक्रबार थुुनछेक बहसपछि जिल्ला अदालत कैलालीले हत्या अभियोगमा पक्राउ परेका १२ मध्ये ९ जनालाई पुुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अदालतको आदेशसँगै लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र टीकपुरकै २५ वर्षीय सोहन शाहलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएका छन् ।
त्यस्तै लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का, बर्दगोरिया गाउँपालिका–२ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका–३ बस्ने २६ वर्षीय सन्तोष भन्ने सविनजंग शाही भने धरौटी बुुझाएर तारेखमा छुुटेका छन् । घटनामा संलग्न रावल र शाहसहितका अन्य ९ जना अझै फरार छन् ।
FACEBOOK COMMENTS