अमेरिका विरूद्धको खेलमा ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन्।
त्रिवि मैदानमा अमेरिका विरूद्धको खेलमा जितका लागि १९६ रनको लक्ष्य पछ्याउने क्रममा भुर्तेलले १४ औं ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरेका हुन्।
उनले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरी अर्धशतक पूरा गरेका हुन्।
१५ औं ओभरको खेल चलिरहँदा नेपालले विना क्षति ८६ रन बनाएको छ।
एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो दसौं अर्धशतक हो। उनीसँग अर्का ओपनर आशिफ शेखले पनि उत्कृष्ट साझेदारी गरिरहेका छन्।

२१ ओभर सकिँदा आशिफले ५७ बल खेलेर ४६ रन बनाएका छन्। नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ।
